Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
पर्यटन
  • गृहपृष्ठ
  • पर्यटन
यस्ताे पाराले कसरी सफल होला भ्रमण वर्ष? भ्याटमा गरिएको संशोधन फिर्ता लिन होटल व्यवसायीको माग
रोहित महतो
रोहित महतो जनकपुरधाम, १५ असार
यस्ताे पाराले  कसरी सफल होला भ्रमण वर्ष?

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। पर्यटकलाई आकर्षित गर्न सरकारले पर्यटन वर्षका बारेमा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसारलाई प्राथमिकतामा राखेको छ।

सरकारले भ्रमण वर्षको तयारीका लागि १० करोड रुपैयाँ छुट्याएको छ। पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । जुन लक्ष्य प्राप्तिका लागि आफूहरु लागि परेको बताउने होटेल व्यवसायीहरु पर्यटन क्षेत्रमा सरकारको लगानी र प्राथमिकता देखेर उत्साहित भएका थिए।

तर सरकारले हालै होटल व्यवसायीहरुको आन्तरिक राजश्वमा मूल्य अभिवृद्धि करको नियम ४१ (ग) मा गरेको संशोधनले व्यवसायीहरुको मनोबल टुटेको छ। मूल्य अभिवृद्धिको सिद्धान्त विपरित सरकारले गरेको संसोधनले होटेल व्यवसाय नै धरापमा पर्ने खतरा रहेको नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतम बताउँछन्।

‘सरकारले यो नीति परिवर्तन वा संशोधन नगरे भ्रमण वर्ष २०२० समेत नराम्ररी प्रभावित हुनेछ, ट्याक्स वृद्धि भएसँगै सबैथोकमा मूल्य वृद्धि गर्न बाध्य हुन्छौँ र त्यसको प्रत्यक्ष प्रभाव विदेशी पर्यटक र स्थानीय साना व्यवसायीमा समेत पर्नेछ’, उनले भने। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले जनकपुरमा पत्रकार सम्मेलनको गर्दै पर्यटन वर्ष सफल पार्न तथा होटेल व्यवसायीलाई धरापमा पार्ने अवस्थाबाट जोगाउन संशोधन फिर्ता लिनुपर्ने माग गरेका हुन्।

‘मूल्य अभिवृद्धि करको सिद्धान्त खरिद गरिएको विजकमा लाग्ने करलाई विक्री गरेको बिजकको प्राप्त रकमबाट तिरेको कर रकम कट्टा गरी बाँकी रहेको रकम मात्र नियम बमोजिम तोकेको खातामा जम्म गर्ने हो,’ उनले थपे, ‘संशोधन प्रक्रिया कुनै पनि व्यवसायीको हितमा छैन। सिद्धान्त विपरित भ्याटमा गरेको संशोधन फिर्ता नलिए होटेल बन्द गर्नुपर्ने अवस्था आउँछ।’

महासंघका महासचिव मोहन प्रसाद शर्माले होटल व्यवसायीहरुले प्रयोग गर्ने इन्धन एवं खाना पकाउने ग्यासमा आन्तरिक राजस्व विभागले कर कट्टा हुने व्यवस्थालाई उल्ट्याएर व्यवसायीको ढाडै सेक्ने गरी ल्याउन लागेको कानुनले होटेल बन्द गर्नुपर्ने अवस्था आउने निश्चित रहेको दावी गरे। 

पहिलेको व्यवस्था अनुसार दफा सवारी साधनको लागि प्रयोग हुने डिजेल र एलपी (खाना पकाउने ग्यास) खरिदमा तिरेको भ्याट ट्याक्स कट्टा गरी होटल व्यवसायीलाई मारमा पार्ने कार्य रहेको महासंघको ठहर छ। महासंघ प्रदेश २ समितिले मुख्यमन्त्री लालबाबु राउतमार्फत संघीय सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र समेत बुझाउने शर्माले जानकारी दिए।

सरकारले कर सम्बन्धित बनाउन लागेको कानून फिर्ता नलिए स्थिति भयावह हुने उनले चेतावनी दिए। पत्रकार सम्मेलनमा होटल व्यव्सायी महासंघका आठवटै जिल्लाका प्रतिनिधि, सल्लाहकारद्वय युवराज लामा र विजय झुंझुनबाला र कोषाध्यक्ष बैकुण्ठ सापकोटा लगायतका व्यवसायीको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: आइतबार, असार १५, २०७६, ०४:३३:००
रोहित महतो
रोहित महतो @rohit09492 लेखक स्पेसखबर डटकमका धनुषास्थित संवाददाता हुन्।
लेखकबाट थप
  • सीटीईभीटीको परीक्षामा अमर्यादित गतिविधि गर्ने ४ जना पक्राउ
  • जनकपुरमा जन्मियो दुइवटा टाउको भएको अनौठो बच्चा
  • प्रदेश २ ले हाल्याे संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट
  • जनकपुर उपमहानगरमा विद्युत समाग्री खरिद प्रकरण: ११ लाख ३५ हजार भ्रष्टाचार भएको भन्दै ६ जनाविरूद्द मुद्दा दायर
  • प्रदेश २ का २९ स्थानीय तहले बजेट ल्याएनन्
  • जानकी मन्दिरको सौन्दर्यकरणमा पुरातत्व विभागले राेक लगायाे
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नाट्टाको अध्यक्षमा कांग्रेस निकट गुरागाईं विजयी
नाट्टाको अध्यक्षमा कांग्रेस निकट गुरागाईं विजयी
नाट्टा चुनाव : प्रजातन्त्रवादी गुरागाईं समूहको पल्लाभारी
नाट्टा चुनाव : प्रजातन्त्रवादी गुरागाईं समूहको पल्लाभारी
शैलुङमा हिउँको मज्जा [फोटो फिचर]
शैलुङमा हिउँको मज्जा [फोटो फिचर]
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
आरोहणका लागि जुगल हिमाल खुला
आरोहणका लागि जुगल हिमाल खुला
नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ घलेगाउँ
नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ घलेगाउँ
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP