पद्मकन्या बहुमुखी क्याम्पसको आयोजनामा उच्च शिक्षामा गुणस्तर सुनिश्चितता र पद्मकन्या बहुमुखी क्याम्पसको भबिश्य सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ।
नगरकोटमा आयोजित कार्यशालाको शुभारम्भ गर्दै क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले क्वालिटी एसुरेन्स एण्ड एक्रिडिएसन (क्यूएए) का लागि क्याम्पसले गरेको गृहकार्यबारे जानकारी गराउँदै निकट भबिश्यमै त्यसलाई पूर्णता दिइने प्रतिवद्धता जनाइन्। क्यूएएसंगै क्याम्पसले अन्तर्राष्ट्रिय मान्यता पाउने उनको बिश्वास थियो।
कार्यशालामा आइक्यूएसीका संयोजक डा. खुमप्रसाद शर्माले क्यूएएको महत्वबारे जानकारी गराउँदै क्याम्पसका सरोकारवाला सबै पक्षको सहयोगमा यसलाई छिट्टै पूर्णता दिइने बताए।
कार्यशालामा क्यूएए बिज्ञसमेत रहेका पृथ्वीनारायण क्याम्पस पोखराका प्रा. डा. मिन पुन र विश्वविद्यालय अनुदान आयोगको क्यूएए डिभिजनका सहायक निर्देशक नारायणप्रसाद भण्डारीले सहजीकरण गरेका थिए। उनीहरुले क्यूएएमा गएपछिका हुने फाइदाबारे जानकारी गराएका थिए।
सहायक क्याम्पस प्रमुख विमला नेपालको सभापतित्वमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु, बिभागीय प्रमुखहरु, स्वनिर्भर कार्यक्रममा संयोजक तथा सहसंयोजकहरु तथा क्याम्पसका बिभिन्न शाखाका प्रमुखसमेत गरी ६० जनाको सहभागिता रहेको थियो।