सीटीईभीटीको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै जनकपुरमा चार जना विद्यार्थी पक्राउ परेका छन्।
शनिवार विहान डीप्लोमाका लागि वर्गीकृत छात्रवृति परिक्षामा अमर्यादित गतिविधि गरेका तीन छात्रा र एक छात्रसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
जनकपुरको सकल भवन कन्या मावि परीक्षा केन्द्रमा परीक्षा हल भित्र मोबाइल लगेर प्रश्नपत्रको फोटो खिच्न लाग्दा ४ जना परीक्षार्थीलाई परीक्षा हलबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक कार्कीले बताए।