जनकपुरमा एक महिलाले २ वटा टाउको भएको बच्चा जन्माएकी छन् । जनकपुर स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५ वर्षिय सविता वैधले २ वटा टाउको भएको बच्चा जन्माएकी हुन् ।
बिहीवार बेलुका साढे ५ बजे बच्चाको जन्म भएको अस्पतालले जनाएको छ । ६ महिनाकी गर्वभती सवितालाइ दिउँसो २ बजेदेखि पेट दुख्न थालेपछि ४ बजे अस्पतालमा डा. रुबि सिंहले सफल शल्यक्रिया गरी २ वटा टाउको भएको बच्चालाई बाहिर निकालेको अस्पताल प्रमुख रामबाबु यादवले जानकारी दिए ।
बच्चाको दुई टाउको, चार आँखा र चार कान रहेको जन्म भएको हो । जन्मेको एकै घण्टापछि बच्चाको मृत्यु भएको हो ।