त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोह आज हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन्।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक तथा पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए। समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन्।