जन्मैदेखि बाेल्न नसक्ने आफना छोरा हराएको भन्दै बुवा पुुर्ण राजवंशीले हराएको छोरा खोजिदिन आग्रह गरेका छ । झापा गौरिगन्ज गाउपालिका–३ घर भएका २३ वर्षिय नरवहादुुर राजवंशी झण्डै चार महिनादेखी हराएको भन्दै वुुवा पुर्ण राजवंशी र आमा फुलमती राजवंशीले छोरा खोजिदिन आग्रह गरेका हुन् ।
विराटनगरम आज उनीहरुले पत्रकार सम्मेलन गरी हराएको छोरालाई सवै तिरखोजी गर्दापनि फेला नपरेको वताए । घरपरिवारमा समान्य विवाद हुुदा कार्तिक २६ गते नरवहादुर घरवाट निस्केको र विराटनगर वसपार्क स्थित झापाली होटलमा रात वसेको उनका वुवा पूर्ण राजवंशीको भनाई छ । होटलमा गएर वुझदा एकजना मोटो मान्छेले आफना छोरालाई विहान होटलवाट लगेको उनले सुनाए ।
यस विषयमा चन्द्रवडी र जिल्ला प्रहरी कार्यालय मोरङमा निवदेन दिएको उनको भनाई छ । निवेदन दिएको लामो समय भइसकदापनि नरवहादुुर फेला परेका छैनन । आमा फुुलमतीले वोल्न नसक्ने छोरा हराएको यतिका दिन वितिसक्दापनि फेला नपरेको भन्दै मेरो छोरालाई कसैले कहिकतै फेला पारे प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत आग्ह गरिन । पूर्ण राजवंशीका तीन जना छोरा छन्।त्यसमध्ये मध्ये माइला र कान्छ दुइजना छोरा वोल्न सक्दैनन । नरवहादुर उनका कान्छा छोरा हुन् ।