राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हात्तीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम शुरु भएको छ ।
विराटनगर महानगरपालिका उपप्रमुुख इन्दिरा कार्कीले महानगरको मुलगेट राखिएको केन्द्रमा हात्तीपाइले विरुद्धको औषधि सेवनगर्दै अभियानको शुभारम्भ गरिन् । औषधि सेवन गरेपछि संचारकर्मीहरुसंग कुरागर्दै उपप्रमुुख कार्कीले हात्तीपाइले रोग विरुद्धको औषधी खादा आफुलाई केही नभएकाले डर र कुनै शंखा नगरी निर्धक भएर औषधि सेवनगर्न नगरवासीलाई आग्रह गरिन्। विगतका वर्षहरुमा भएका हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान प्रभाकारी नभएपछि यसपटको नयाढंगवाट महानगरपालिकाले औषधि ख्वाउने अभियान शुरु गरेको छ ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुुख रमेस कार्कीले अभियान अन्र्तगत ९० प्रतिशत भन्दा वढि नगरवासीलाई औषधि ख्वाउने लक्ष्य रहेको वताउनुुभयो । उहाले यसपटक दक्ष स्वास्थ्यकर्मीै परिचालनगरि महागनरपालिकाका २ लाख ४७ हाजार ४ सय जनशख्याललाई औषधि ख्वाउने लक्ष्य लिएको वताउनुभयो । आगामी वर्षमा औषधि नखुउनेगरि आज विभिन्न वर्डाको तोकिएका केन्द्रवाट भोली २६ गने घरघरमा पुगेर तथा त्यसपछि पनि लक्ष्यमा नपुगेको निरन्तर तिनचार दिन सम्म अभियान संचालनगरि अभियानलाई परिणाममुखी वनाउने दावी उनले गरे ।
विगतमा हातीपाइले विरुद्धको औषधि ख्वाउने अभियान प्रभावकारी नहुँदा छैठाैं चरणमा सक्नुपर्ने यो अभियान ९ औ पटक संचालन हुन लागेको हो । हात्तीपाइले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नपार्ने र यो औषधि सेवनमा वाट अहिले सम्म कसैको मृत्यु नभएकाले निर्धक भएर औषधि सेवनगर्न समेत महाशाखा प्रमुख कार्कीले आग्रह गरिन्।
विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी वनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना दक्ष स्वयं सेविका परिचालन गरेको छ । महानगरपालिकाको १९ वटै वर्डामा १ सय ४७ वटा केन्द्र स्थापना गरेर रोग विरुद्ध औषधि ख्वाइने कार्यक्रम संचालन भइरहेको छ ।सन २०२० सम्म हात्तीपाइले रोग नियन्त्रणगर्ने सरकारको लक्ष्य रहेको छ । दिर्घरोगी, विरामी, गर्भवती वृद्धवृद्धा तथा वालवालिकाले औषधि खान नहुने जनाइएको छ ।