धार्मिक पर्यटक प्रर्वधन गर्ने उदेश्यले मोरङको रतुवामाई नगरपालिकामा शिव महापुुराण तथा धन धान्याचल महायज्ञ शुरु भएको छ । धार्मीक पर्यटन प्रर्वधनगर्ने उदेश्यले रतुवामाई–६ सुुन्दरवाटिका स्थित ओम मकारेश्वर शिव पञ्चायन मन्दिरमा महायज्ञ शुुरु भएको हो ।
मन्दिरको ४४ औ वार्षिक उत्सवमा आयोजना गरिएको पुराणवाट संकलित रकमले मन्दिर परिसरमा चौरासी परिक्रमा, १०८ शिव लिंग निमार्णका साथै चिल्डेनपार्क तथा , सिमासार तथा पिकनिक स्थल निमार्ण गरिने समाजसेवी वलवहादुर वस्नेतले बताए।मन्दिर परिसरमा सामाजसेवी वस्नेतले भान्सा घर समेत निमार्ण गरेका छन् ।
धार्मिक पर्यटकिय स्थलको रुपमा मन्दिरलाई व्यवस्थित गर्न पर्यटन मन्त्रालयबाट ७५ लाख रुपैयाँ वजेट विनियोजित गरिएको छ । सो वजेटमा संकलित रकम थप गरी मन्दिर परिसरमा थप पूर्वाधार निमार्णगर्न लागिएको वस्नेतको भनाई छ ।१० दिनसम्म चल्ने सो महापुराणमा कथावाचन पण्डित गणेश भट्राई र घनश्याम पौडेलले गरि रहेका छन् ।
महापुुराणको प्रदेश न १ का उधोग, वन, पर्यटन तथा वातावरण राज्यमंत्री विजय विश्वासले शुुभारम्भ गरेका थिए । पूर्वको प्रशिद्ध धर्मिक स्थलको रुपमा रहेको सो मन्दिरमा दर्शनका लागि मोरङ,सुुनसरी तथा झापा जिल्लाका साथै भारतीय सिमावर्तीक्षेत्रमा भक्तजनहरु समेत पुग्ने गरेका छन् । मन्दिरको विकाशका लागि प्रदेश सरकारले समेत सहयोग रहेको प्रदेश सभासद् शान्ता पौडेलले बताए ।