नेपाली काांग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले एमसिसी परियोजना मुलुकको समवृद्धि र विकाशका लागि आवश्यक रहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारसंघ प्रदेश न १ को प्रथम अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले उर्जा उत्तपादन र कनटिभिटी विस्तारका लागि आउन लागेको परियोजनालाई वहसको विषय वनाउनु आवश्यक नभएको बताए। उनले अरु विषयभन्दा पनि अहिले विकास र समवृद्धिका विषयमा दलहरु विच वहश हुनुपर्ने भन्दै एमसिसी अमेरिकन सरकारको विशुद्ध अनुदान भएकाले यसलाई स्वीकार्नु पर्नेमा उनले जोड दिए ।
उनले आगामी दुईवर्षमा नेपालमै करीब तिनहजार मेगावाट विद्युत उत्तपादन हुन लागेकाले मुलुुकलाई चाहिएभन्दा वढि उत्तपादित विधुत छिमेकी राष्ट्रहरुलाई विक्रिगर्न अन्तरदेशीय ट्रान्समिसन लाईन विस्तारगर्न पनि वजेट आवश्यक रहेको वताए । उनले अहिले नेपालले भारतवाट वार्षिक २८ अर्वभन्दा वढि मुल्यको विधुत खरिद गर्दै आएको उनकाे भनाई थियो ।
नेता रिजालले नेपाल विद्युत प्राधिकरणले दिने सेवा प्रभालाई थप प्रभावकारी वनाउन ट्रेड युनियन लाग्नुपर्नेमा जोडदिए । प्राधिकरणमा अझै धेरै वेथिती र समस्या होलान त्यो समस्यालाई हल गरेर कर्मचारीको वृद्धि विकाश र करार, तथा ज्यालादारी कर्मचारीको कामको ग्यारन्टी शनिश्चित गर्नेतर्फ ट्रेड युनियन लाग्नुपर्ने नेता रिजालको भनाई थियो ।
कांग्रेस केन्द्रिय सदस्य अमृत अर्यालले नेपालमा प्रजतन्त्रको पुुर्न स्थापना र लोकतान्त्रीक आन्दोलनमा विद्युत प्रधिकरणका कर्मचारहरुले गरेको सहयोग सरहाना गर्दै अब संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए । कार्यालयमा कामगर्ने ज्यालादारी तथा अन्य कर्मचारीहरु विजलीका पोलमा चढेर करेन्टसंग खेलि रहेका हुन्छन भन्नुहुदै त्यस्ता कर्मचारीहरुलाई सरकारले स्थायी गनुपर्ने र ती कर्मचारीको विमाको व्यवस्था गर्नुपर्ने उनले वताए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका अध्यक्ष जर्नादन भटराई , नेपाल विद्युत प्रधिकरण प्रदेश न १ कार्यालय विराटनगरका प्रमुुख रामराज पाण्डे तथा कर्मचारी संघ मेची कोसीका अध्यक्ष उद्धव भुजेल, कोषाध्यक्ष एलिजा दाहालले प्रधिकरणका कार्मचारी र संस्थाको हितमा काम गर्नुपर्ने नेतृत्व आउनुपर्नेमा जोडदिए।
साे अधिवेशनमा प्रदेश न १ का सवै जिल्लाका संघ आवद्ध कर्मचारी प्रतिनिधिकाे सहभागीता रहृकाे छ । सो अधिवेशनले नयाँ नेतृत्व समेत चयनगर्ने संस्थाका सचिव सविन दाहालले वताए। ,