मोरङको मिक्लाजुुङ गाउँपालिकाको खोरियामा आयोजना गरिएको दुईदिने प्रदेश न १ स्तरिय आइटिएपफ तेक्वाण्डो प्रतियोगितामा भोजपुुर दिंगलास्थित षडानन्दा माविमा अध्यनरत कक्षा १२ की १६ वर्षिया छात्रा रोमिला राई गोल्डमेडल जित्न सफल भईन ।
त्यस्तै जनसेवा मावी सुुनसरीकीमा अध्यनरत कक्षा ११ की १६ वर्षिया विपना राईले पनि प्रतियोगितमा गोल्ड मेडल हाशिलगर्न सफल भईन । उनिहरु दुुवैजनाले ४५– ५५ तौलको प्रतियोगितमा गोल्डमेडल जितेका हुुन् ।
रोमिला र विपना मात्र होइन विद्यायलमा अध्यनरत धेरै छात्रछात्राको अहिले आइटिएफ तेक्वान्डोप्रति निकै अकार्षण वढ्न थालेको छ । हिमाल पहाड तराईका सवै विद्यालयहरुले आफना विद्यार्थीलाई तेक्वाण्डो खेलको प्रशिक्षण दिने गरेका छन् ।
भोजपुुरकी रोमिलाले आफनो आत्मरक्षाकालागि सानै उमेरदेखी यो खेल सिकेको बताइन् । छोरी मान्छेप्रती अशुुरक्षा वढ्न थालेकाले यो खेलमा अहिले आफू निपुर्णभई आफनो हातखुुटालाईनै आफनो हथियार बनाउन सफल भइको उनले सुनाईन ।
त्यस्तै विपना राईले पनि यो खेल खेलेपछि शरिर पनि स्वस्थ्य रहने आफनो सुरक्षा आफैले गर्न सकिने भएकाले सवै अभिभावकले आफना छोराछोरीलाई यो खेल सिक्न सहयोग पुुर्याउनुुपर्ने वताइन् ।
प्रदेश न १ का यस खेल प्रति विद्र्याथीको आकार्षण बढेपनि राज्यले खासै चासो भने नदिएको पाइन्ँछ । विद्यालयमा आयोजना हुुने प्रतियोगितामा १० वर्षका वालवालिकाहरु समेत प्रशिक्षण लिने गरेको भएता खेललाई वढावा दिन राज्यले केही लगानी नगरेको आइटिएफ तेक्वान्डो इन्टरनेशनल फेडरेशनका केन्द्रिय उपाध्यक्ष प्रविणकुमार कार्कीले वताए ।
२६–२७ वर्षदेखी विद्यालयका विद्यार्थी र खेलाडीहरुलाई आफूले प्रशिक्षण दिदै आएको सवै उमेरका वालवालिकाको खेलप्रती अकार्षण वढेको भएपनि यसखेलका लागी न्यूनतम सहयोग समेत पाउन नसकेको उनको भनाई छ ।
प्रतियोगितामा भोजपुर जिल्लाले सात स्वर्णका समूह विजेता भएको छ भने झापाले छ स्वर्णका साथ दोश्रो र मोरङले दुई स्वर्ण ल्याइ तेश्रो भएको छ ।
प्रदेशका १० जिल्लाका ४५ महिलासहित ११५ खेलाडीले १५ विधामा प्रतिस्पर्धा गरेका थिए ।
समारोहमा मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख सरीता राई,आइटिफका वरिष्ठ उपाध्यक्ष्मा अञ्जनाथ श्रेष्ठ र उपाध्यक्ष प्रवीणकमार कार्की लगायतले दुर्गम क्षेत्रमा वासोवास गर्ने युवायुवतीलाई खेलकूदप्रति आकर्षण गराउन यस क्षेत्रमा प्रतियोगिताको आयोजना गरिएको बताए ।