नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको मिति घोषणा भइसकको अवस्थामा विभागहरु गठन गरेर पद् वाडने काम उपयुक्त नभएको बताएका छन् ।
कृष्णप्रसाद कोइराला स्मृति परिषदले विराटनगरमा आज गरेको सम्मान कार्यक्रममा उनले कांग्रेसलाई जनताको भरोसाको पार्टी वनाउन सकियो सकिएन त्यसतर्फ पार्टी नेतृत्वले आत्म आलोचना गर्नुपर्ने वेला आएको बताए । महाधिवेशनको तयारीका लागी भातृसंग संगठनको निर्वाचन तथा गाउ तथा जिल्ला स्तरमा महाधिवेश गराउनेतर्फ ध्यान जानुपर्ने वेलामा पार्टी सभापतिको ध्यान अन्यत्र गएको उनले आरोप लगाए ।
कांग्रेसको नेतृत्वले पार्टीलाई विधि र प्रक्रिया विपरित लैजान खोजेकाले त्यसको आफूले विरोध गरेको वताए ।उनले व्यक्तिगत रुपमा पार्टी सभापतीको विरोध आफूले गरको होइन भन्दै उनले नीति र प्रवृतिको विरोध आफूले गरेको वताए।
नेता पौडेलले संकटवाट पार्टीलाई माथि नउठाएसम्म आफूले विश्राम नलिने वताए । पार्टी भित्र कति विरोध गरिरहेको भन्ने कार्यकर्ताहरुलाई लाग्न तर त्यो मेरो विरोध पार्टीको हितमा रहेको उनको दावी थियो । जनताले नेकपालाई वहुुमत दिएपनि सरकारले जनअपेक्षा अनुुसार जनमतको सदुपयोग गर्न नसकेको वताउदै उनले जनतामा निराशा छाएको निराशा हटाउनपनि जनताको मन जित्ने गरी कांग्रेसले काम गर्नुुपर्ने वताए। महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा भातृसंघ संगठनहरुको निर्वाचन गराएर गाउ तथा जिल्ला स्तरमा महाधिवेशनको तायारीमा लाग्नुपर्ने उनको भनाई थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आर्चायले स्वर्गीय कृष्णप्रसाद कोइराला आधुुनिक नेपालका शुुत्रधार हुुनुुहुुन्थ्यो भन्दै उनकाे देनलाई काग्रेसले विर्सन नहुने जोड दिए । उनले पार्टी भित्रको आन्तरिक विवादले कांग्रेस कमजोर बनाउने भन्दै पार्टी नेतृत्व सच्चिनु आवश्यक रहेको वताए।
अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिपंक्षमा रहेका कांग्रेसले संशदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै कांग्रेसले व्यक्तिवादी चरित्र हावी हुुदै गएको वताए । सशक्त प्रतिपंक्षको भूमिका निर्वाह गर्नुुपर्नेमा वेलामा कांग्रेस आफै भित्र अलमलि रहेको उनको आरोप थियो ।
कार्यक्रमा नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल , अशोक कोइराला संस्थाका अध्यक्ष दधिराज सुुवेदी लगायतले प्रजातन्त्र स्थापनका लागी स्वर्गिय कृष्षप्रसाद कोइरालाले खेल्नु भएको भूमिकाको चर्चा गर्नु भएको थियो । सो अवसरमा पूर्व राजदूत एंव समाजसेवी गोपाल सर्मालाई सम्मान गरिएको थियो ।