प्रदेश न १ को सरकारले धनकुुटा छिंताङका सहिद परिवारलाई प्रति परिवार पाँचपाँच लाख रुपैया दिने निर्णय गरेको छ । मुुख्य मन्त्रीकाे कार्यालय विराटनगरमा आज बसेको वैठकले सो निर्णय गरेको हो ।
राज्यले घोषण गरेका १६ जना शहिदका परिवारलाई पाँचपाँच लाख रुपैया दिने मन्त्रिपरिषद वैठकले निर्णय गरेको आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले बताए। सबै सहिदहरुले राहत पाएपनि छितांङका शहिद परिवारले लामो समयदेखी राहत नपाएको भन्दै मन्त्रिपरिषदकाे वैठकले सो निर्णय गरेको हो ।
यसैगरी मन्त्रिपरिषद वैठकले कोष संचालनमका लागि प्रदेश लेखा नियन्त्रक कार्यालय पाँचवटा जिल्लामा इकाई कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । झापा, पाचथर, धनकुुटा, उदयपुुर र ओखलढुुंगा जिल्लमा सो कार्यालय स्थापना गर्ने निर्णय भएको मंत्री आङवोले वताउनुुभयो । सुुनसरी र मोरङ जिल्लाको कामभने मोरङवाट गर्ने निर्णय भएको छ ।
यसैगरी प्रदेश योजना आयोगको कार्य संचालन आदेश संशोधन गर्ने र अनुुसूची दुुईमा थपगर्ने,तथा धरानमा स्थापना भएको वन निर्देशनालयको निर्देशकमा रविन्द्र महर्जनलाई तोक्ने निर्णय भएको तथा आर्थीक मामिला तथा योजना मंत्रालयको प्रदेश समपुुरक अनुुदान सम्वन्धी कार्यविधि–२०७५ संशोधन गर्ने निर्णय भएको मन्त्री आङवोले बताए ।
स्थानीयतहलाइृ अनुुदान दिन कार्यविधि संशोधन गर्ने निर्णय गरको उनले बताए । त्यस्तै सामाजिक विकास मंत्रालयको विभिन्न काम सम्पादनकालागी कार्यविधि–२०७६ लाई स्वइकृति प्रदानगर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।