वाखा्रपालन गर्दै आएका मोरङ वेलवारीका महिलाहरुले दशैका लागी ६ सय खसीबाेका काठमाण्डौ पठाएका छन । हेफर इन्टर नेशनल नामक संस्थाको सहयोगमा महिलाहरुले संचालन गरेको बाख्राफर्मबाट यसवर्षको दशैकालागि १५ सय खसी वोका उत्तपादन भएकोमा त्यसमध्ये ६ सय खसी काठमाण्डौ पठाएका हुुन् ।
तीनवर्ष अघि वेलवारीका महिलाहरुलाई लक्षितगर्दै संस्थाले वाख्रापालन र वहुुवर्षिय घास उत्तपादन कार्यक्रम संचालन गरेपछि सो नगरपालिकाका १४ सयभन्दा वघि घर परिवार अहिले वाख्रापालन व्यवसायमा लागेका छन् ।
यसवर्ष काठमाण्डौमा खसीको मासुुको मूल्य उच्चभएपछि दशैका लागि महिलाहरुको वाख्रार्फमवाट एक हजार भन्दा बढि खसीवोका काठमाडौ पठाउने तयारी रहेको व्यवसायी धनमाया पाण्डेको भनाई छ । महिलाहरुले परिश्रमिक सामाजिक उद्यमी महिला सहकारी संस्था गठन गरेर यो व्यवसाय शरु गरेका हुुन् । उनले यो वर्ष दशै र तिहारसम्म खसीवोका बिक्री गरेर पाँचलाख सम्म कमाउने सोच रहेको उनी सुनाउँछिन् ।काठमाण्डौबाट व्यपारीहरु किसानको घरमै पुुगेर खसी खरिद गर्न थालेका छन् ।
हिजोसम्म घरको कामकाजमा मात्र व्यस्त हुुने महिलाहरु बाख्रापालन व्यवसायकामा लागेको हेफर इन्टर नेशनल क्षेत्रिय कार्यालय इटहरीका कार्यक्रम प्रवन्धक दिपेश पोखेरेल वताए । हेफरले सहयोग गरेपछि आफूहरु उधमी महिलाको रुपमा चिनिन थालेको र जीवनमानै परिवर्तन आएको अर्का व्यवसायी उर्मिला राईको भनाई छ ।