रतुवामाई नगरपालिका मेयर रविन राईले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन्। १८ लाख रुपैयामा निर्माणाधिन शौचालयलाई १ करोड रुपैयाँमा निर्माण गरेको भनि प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता पनि नभएको उल्लेख गरे।
मेयर राईले पत्रकार सम्मेलन गरि रतुवामाई नगरपालिका वार्ड नं.४ झुर्किया बजारमा निर्माणधिन ७ कोठे अपाड्डमैत्री शौचालय १८ लाख ३० हजार ५ सय ४४ रुपैयाको लागतमा ठेक्का भई निर्माण भईरहेको भन्दै यो विषयलाई लिएर केहि सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको पनि बताए।
विस्तृत अध्ययन प्रतिवेदन (डीपीआरं)को आधारमा सिमा क्षेत्र विकास कार्यक्रम अन्र्तगत संघीय सरकारको सर्शत अनुदान र नगरपालिकाको १० प्रतिशत सहयोगमा सार्वजनिक खरिद ऐन अनुुसार कृषि उपज संकलन केन्द्र निमार्णका लागी पहिलो चरणमा अपांगमैत्री सौचालय वनाउन ठेक्कामा काम भईरहेको उनको भनाई थियो।
मेयर राईले शौचालय साढे १८ लाख रुपैया, ५ सय ५९ मिटर पक्की नाला र स्ल्याप निर्माण कार्य ६२ लाख ३६ हजार ४ सय १८ रुपैया र सेफ्टी टंकी, सेनेटरी,इलेक्ट्रनिक्स सामान र निर्माणधिन स्थालको संरचना हटाउन गरी १३ लाख ३४ हजार ३८ रुपैयाको प्रविधिक लागत तयार गरी भ्याट बाहेक कुल ९४ लाख ५१ हजार रुपैयामा सार्वजनिक सूचना गरी ठेक्का दिएको पनि प्रष्ट पारे।
आफू जनताको प्रतिनिधि भएकाले रतुवामाईको विकास निर्माण प्रति गुणस्तरहीन काम हुन नदिने प्रतिबद्धता पनि जनाए। झर्किया बजारको बृहत विकासका लागि झर्किया बजारको कृषि उपज संकलन केन्द्रको कुल साढे ६ करोडको डिपिआर तयार गरेर पहिलो चरणमा सो काम भइरहेको बताउदै संघिय सरकार बाट थप अनुदान प्राप्त गरी ३९ वटा कृषि उपज संकलन विक्री केन्द्र, ४ वटा ट्रस्ट, दृष्या अवलोकन भ्यु टावर र मन्दीर निर्माण गर्ने लक्ष्य अनुरुप काम भईरहेको जानकारी दिए।
हाल शौचालय, पक्की नाला स्ल्याप, सेफटी टंयाकी लगायतको निर्माण कार्य यलम्वर न्यू कन्ट्रक्सन रंगेलीले गरिरहेको छ। ठेक्काको काम अझैपनि नसकिएकाले निमार्ण कार्यमा केहि त्रुुटि भएमा त्यसलाई थप निमार्ण गर्न सकिने उनको भनाई थियो।
कम्पनीको काम सम्पन्नगर्ने म्याद आगामी मंसिर सम्म रहेको र त्यसपछि पनि निमार्ण भएको संरचनमाका केहि कमजोडी भएमा एकवर्षसम्म सोही कम्पनीले मर्मत संभार एवं पुुनर्निर्माणगर्ने ठेक्का सम्झौता भएको छ।