सार्वजनिक बसभित्र एक बालिकालाई जबरजस्ती करणी गर्ने दुुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा ना ६ ख ९३४४ नम्वर बसका चालक रंगेली नगरपालिका–३ का ३७ वर्षका किरण खडका र सहचालक मोरङ उर्लावारीका १९ वर्षिय सन्तोष न्यौपाने रहेका छन् ।
मोरङको वेतना सिमसारवाट झापाको दमक जान बसमा चढेकी १५ वर्षिय बलिकालाई दमक पुुगेपछि बसवाट ओर्लिन खोज्दा नदिइ गएराति उनलाई मोरङको दोहमान वजारमा लगेर दुुवैजनाले जर्वदस्ति करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।
बालिकाले बस भित्र रोइ कराई गर्दै हाेहल्ला गरेपछि स्थानीयको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।