असार–साउन महिनामा मात्र वृक्षारोपणका लागि रुखका बिरुवा उत्पादन र वितरण गर्ने परम्परागत प्रणालीमा सुधार गर्दै मोरङमा बाह्रै महिना बिरुवा उत्पादन र वितरण हुने नर्सरी पनि स्थापना भएको छ ।
प्रदेश सरकारको सहयोगमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुुरमा आधुनिक बाह्रमासे नर्सरी निर्माण गरिएको हो । वातावरण संरक्षणमा विशेष जोड दि“दै प्रदेश सरकारले जुनसुकै समयमा पनि बिरुवा उपलव्ध गराउन सक्ने गरी नर्सरी निर्माणमा लगानी गरेको हो । सेक्टर वन कार्यालय सलकपुरमा एक बिघाभन्दा बढी क्षेत्रफलमा आधुनिक नर्सरी निर्माण गरिएको छ ।
३० लाख रुपैया“ बजेटबाट नर्सरी, र त्यसमा हरितगृह प्रणालीको छानो लगाउने काम गरिएको छ । नर्सरीमा अहिले झण्डै ३ लाख बिरुवा हुर्किएका छन् । सतिसाल, सिसौं, टिक, खयर, करम, बोटधएरो, रक्त चन्दन, रुद्राक्ष आदि काठ तथा गैरकाठ प्रजाति तथा सडक किनारमा हरियाली प्रवद्र्धन हुने खालका बिरुवाहरु नर्सरीमा हुर्किएका छन् ।
विभिन्न छिमलमा हुर्काइएका बिरुवाहरु एक वर्षको भएपछि मात्र रोप्नका लागि वितरण गरिने डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार अब किसानहरुले चाहेको बेला बिरुवा लगेर सार्न सक्नेछन् । ‘कलिलो बिरुवा वितरण गर्दा बिरुवा सर्ने दर कम हुने भएकोले हामीले एक वर्ष नर्सरीमा हुर्किएको बिरुवा मात्र वितरण गर्ने गरेका छौं,’ उनले भने , ‘वर्ष दिन भएको बिरुवा सजिलै सर्ने भएकोले हुर्किने निश्चित जस्तै हुन्छ ।’
बिरुवा रोप्नका लागि पानी परेको र गर्मी मौसम अनुकुल हुन्छ । वैशाख महिनादेखि कार्तिक महिनासम्म बिरुवा रोपेर हुर्काउन सकिन्छ । त्यस बाहेक जाडो याममा भने बिरुवा हुर्काउन कठिन हुनेगरेको छ ।
यसैगरी मोरङमा गत आर्थिक वर्ष ७ लाख ४० हजार काठ प्रजातिका बिरुवाहरु उत्पादन भएको डिभिजन प्रमुुख घिमिरेले वताए । । जिल्लाको १८ हेक्टर खाली पर्ती जमिनमा वृक्षारोपण गरिएको छ । किसानलाई प्रतिव्यक्ति २० थानका दरले विरुवा वितरण गरिएको छ ।
प्रदेश नम्बर १ मा ४३.४ प्रतिशत वन क्षेत्र रहेको छ भने मोरङमा ४४ हजार ५ सय हेक्टर वन छ । यसअघि मोरङमा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र रहेकोका अघिल्लो वर्ष भएको सर्वेक्षणले करिव ११ हजार हेक्टर वन क्षेत्र घटेको देखाएको छ ।