मोरङ कटहरी गाउपालिका–४ का ५५ वर्षीय सोमा सोरेनलाई नयाँ बजार चोकमा लौका बिक्री गरेर केही पैसा कमाउने सोच आयो। कारखानामा काम गर्दै आएका सोरेनले शनिबारको बिदा सदुुपयोग गर्दै लौका टिप्न घरबाट बारीतर्फ लागे।
घरदेखि एकसय मिटर पर लोहन्द्रा खोला पारी सोरेनको तरकारी बारी थियो। असार २८ गते लोहन्द्रा खोलामा भीषण बाढी आएको थियो। त्यस्तो अवस्थामा खोला पार गरेर लौका टिप्न सोरेन खोलामा पसेका थिए । पौडी खेलेर पारी पुुग्नै लाग्दा बाढीमा बगेर ठूलो जलकुुम्भीले उनलाई पुु¥यो। उनले बाहिर निस्कने धेरै प्रयास गरे। तर प्रयास सफल भएन। हेर्दाहेर्दै बाढी बगेर सोरेन बेपत्ता भए। लौका बिक्री गरेर परिवारमा एकदिन भए पनि खुसी ल्याउने सोरेनको सपना पलभरमै खरानी भयो।
सोरेन हराएको १४ दिन बितिसकेको छ। उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। नेपाल प्रहरी र सशत्र प्रहरी तथा नेपाली सेना तथा स्थानीय र परिवारले समेत सोरनेलाई खोजे। तर उनी फेला परेनन्।
सोरेनकी श्रीमती डिडि सोरेनले बाढी आइरहेको अवस्थामा नजानुुभन्दा पनि लौका लिएर आइहाल्छु भनेर घरबाट श्रीमान निस्केको सुुनाइन्। उनका अनुुसार ‘वर्षा भइरहेको छ, खोलामा भीषण बाढी छ, भोलिपर्सी लौका बिक्री गरुँलाभन्दा पनि केही हुँदैन, पिर नगर’ भन्दै सोरेन बारीतिर लागेका थिए ।
छोरा सन्जय सोरेनले पानीमा पसेका बुबालाई जलकुुम्भीले लटपटाएर बगाएको बताए। ‘जबर्जस्ती खोलामा पस्नुभएका बुुबा जलकुुम्भीको लतिमा फसेर हेर्दाहेर्दै बेपत्ता हुुनुुभयो’, उनले भने, ‘खोज्दै भारतको सीमानासम्म पुग्यौं, तै पनि बुबा फेला पर्नुभएन।’
परिवारको मुल मान्छे बेपत्ता भएपछि विपन्न त्यो परिवारको सहारा छिनिएको छ । श्रीमती डिडि सोरेन वेसहारा भएकी छन्। श्रीमानलाई बाढीले बगाएपछि सवैभन्दा पीडा आपूलाई भएको उनी सुुनाउछिन्। सोरेनका १२ जनाको परिवार छ । चार छोरा, तीन बुहारी र दुुई नाती नातिना छन् । डिडि भन्छिन्, ‘नाति–नातिना हजुरबुबा कहिले आउनुहुन्छ भनेर सोध्ने गर्छन्, के जवाफ दिने।’
स्थानीय बेचन मण्डलले तरकारी बिक्री गर्ने भनेर निस्किएका सोरेन कहिल्यै नफर्कन गरी बिदा भएको बताए। ‘हाटबजार गएर सब्जी बिक्री गर्ने उनको चाहना पनि पूरा भएन, हामी सबै गाउँले रुवाएर बेपत्ता भए,’ उनले भने ।
खोलामा पुल नहुुदा वर्षेनी धेरै मानिसले वर्षायाममा ज्यान गुुमाउनुु परेको अवस्था छ। तटीय क्षेत्रका बासिन्दाले गाउँमा बढी पस्ने र खोला तर्दा ज्यान गुुमाउने पीडा भोग्दै आएका छन्। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुुमार कामतले तराईवासीको पिडा हटाउन खोलामा पुुल र तटबन्ध आवश्यक रहेको बताए। स्थानीय सरकारसंग बजेट थोरै भएकाले आफूहरुले चाहेर पनि ठूला पुल र तटबन्ध वनाउन नसकेको भन्दै त्यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक रहेको कामतको भनाइ छ।
कटहरी गाउँपालिकाले पीडित परिवारलाई ५१ हजार रुपैयाँ सहयोग उपलव्ध गराएको छ । गाउँपालिका अध्यक्ष कामतले पीडितको घरमै पुुगेर राहतस्वरुप सहयोग उपलव्ध गराएका हुन । सो वर्डाका वर्डा अध्यक्ष मन्टुु शेखले पनि पीडित परिवारलाई घरमा पुुगेर पाँच हजार सहयोग गरेका छन्। एक महिनाको तलव भत्तासमेत पीडित परिवारलाई दिने घोषणा समेत वडाध्यक्ष शेखले गरेका छन्।