मोरङको रंगेली नगरपालिका वडा न ९ दोहमाना बजार नजिक आज दिउँसो हावाहुुरी संगै परेको चट्याङ लागेर दुुइजनाको मृत्युु भएको छ ।
मृत्युु हुुनेमा रंगेली ९ का १५ वर्षिय अनिल ऋषिदेव र सोही ठाउका वर्ष १४ का अवत ऋषिदेव रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
सडकमा हिडिरहेको अवस्थामा उनिहरुलाई चट्याङ लागेको थियो ।उपचारका लागी रंगेली अस्पताल ल्याउने क्रममा उनिहरुको मृत्यु् भएको प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए।