बाराको महागढीमाई नगरपालिका वार्ड नं. ६ का वडा अध्यक्ष रामजी प्रसाद बरैले घुस सहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले मंगलावर वडाध्यक्ष बरैलेलाई २ लाख ७५ हजार घुस सहित पक्राउ गरेको हो । सांसद विकास कोषबाट आएको रकमबाट विद्यालय कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले वडाअध्यक्ष बरै र सोही नगरपालिकाको वडा नं. ६ का मुसहर बैठालाई पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कलैया उपमहानगरपालिका वडा नं. ७ स्थित दुर्गा माध्यमिक विद्यालयको हाताबाट दुबैजनालाई रङ्गेहात नियन्त्रणमा लिएको खख्तियारले जनाएको छ । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।