सगरमाथा आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।
बाटो भत्किएपछि आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएको छ । आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिले लिँदै आएको छ । बाटो निर्माण भएमा सोमबार बिहानै देखि आरोहण नियमित गर्ने तयारीमा रहेको गाइड छिरिङ शेर्पाले जानकारी दिए।
हिम पहिरोका कारण बाटो भत्किएपछि गतवर्षहरुमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोबाट डोरी टाँगिएको छ ।