मकवानपुरगढी गाउँपालिका वडा नं ५ की एक महिलाको हावाहुरीसँगै परेको चट्याङ लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो परेको चट्याङबाट मकवानपुरगढी गाउँपालिका ५ की २७ बर्षीया फुलमाया पाख्रीनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी मनहरी गाउँपालिका ३ मा पनि चट्याङमा परी बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको छ ।