प्रहरीले हेटौँडा उपमहानगरपालिका ११ नवलपुरबाट गाँजा बोकेको ट्रकसहित दुईजनालाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रदेश नम्बर ३ का प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले सुराकीको आधारमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेकाे ना ३ ख ३७१५४ नम्बरको ट्रकमा १ सय २० किलो लागूऔषध गाँजा, मालबाहक ट्रक र दुईजना मानिस पक्राउ गरेको हो।
कुखुराको दाना लोड गरिएको ट्रकमा दानाका बोराहरुको बीचमा लुकाएर लैजान लागिएको ११ थान प्लाष्टिक बोराभित्र गाँजा भेटिएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।
प्रहरीले ट्रकका चालक तथा ट्रक धनी मकवानपुर राक्सिराङ गाउँपालिका ३ का २८ बर्षिय सुकुलाल थिङ र ट्रकमै सवार राक्सिराङ घर भई हाल चितवन गीतानगर बस्ने ३१ बर्षिय नमराज दर्जीलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाएको छ ।