मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं ८ स्थित थाहाढुंगा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ ।
बिहिबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको हो ।
राक्सिराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सिंगलाल चेपाङका अनुसार डोजर अपरेटरको भने सकुशल उद्धार गरिएको छ ।
पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्न सकिएको छैन । अहिले इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने बताइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो । केहीदिनदेखि त्यस खण्डमा डोजर सञ्चालन गरिएको थियो ।