पूर्व पश्चिम राजमार्गाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा २ वटा बस ठोक्किदा एक जनाको मृत्युभएको छ।
काठमाडौँबाट जनकपुर जाँदै गरेको र इलामबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस बसामाडीमा एकापसमा ठोक्किँदा बस चालकको मृत्यु भएको हो।
शनिबार बिहान काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको ना ७ ख २०५७ नम्बरको बस एकापसमा ठोक्किँदा ना ७ ख २०५७ नम्बरको बसका चालक साबिक उदयपुर जिल्ला बरही गाविस ६ का बस्ने ४० बर्षीय मानबहादुर मगरको मृत्यु भएका हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ठक्करपछि घाइते भएका मगरको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि चितवन पठाइएको, १२ जनाको चुरेहिल अस्पतालमै उपचार गरिएको र अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ।