पश्चिम मकवानपुरको मनहरी बजारमा स्थानीयबासिन्दाले एकघन्टादेखि यातायात अबरुद्ध गरेका छन् ।
मनहरी खोलामा गिटी बालुवा उत्खनन् गर्दा बनेको खाल्डोमा परी किशोरीको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले पूर्व पश्चिम राजमार्गको मनहरी पुलमा यातायात अबरुद्ध गरेका हुन् ।
राक्सिराङ गाउँपालिकाले नदीजन्य बस्तुको उत्खनन् गर्ने क्रममा खनेको गहिरो दहमा परी किशोरीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन् । बुधवार दिउँसो पौडी खेल्न गएकी मनहरी ७ लामाबस्तीकी किशोरी सिर्जना मुक्तानको डुबेर मृत्यु भएको थियो ।