मकवानपुर प्रहरीले लागूऔषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी कारागार पठाएको छ ।
मकवानपुर जिल्ला अदालतको २०७२ साल माघ १८ गतेको फैसला बमोजिम साविक राक्सिराङ गाविस ८ थोप्लासी बस्ने ३९ बर्षीय इन्द्र लामालाई पक्राउ गरी कारागार चलान गरिएको हो । उनलाई अदालतले लागूऔषध कारोबार मुद्दामा ५० हजार जरिबाना र ५ बर्ष कैद फैसला तोकेको थियो ।
लामालाई राक्सिराङ गाउँपालिका ५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।