त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सुन तस्करको नजर रसुवाकाे केरूङ नाकातिर परेको प्रहरीले निष्कर्ष निकालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनले काण्ड नै मच्चाएपछि तस्करहरूको नजर नेपालको उत्तरी नाका केरूङमा परेको महानगरीय प्रहरी परिसरले निष्कर्ष निकालेको हो।
'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबैको नजर परेपछि सुन तस्करहरूको नजर केरूङतिर गएको छ भन्ने हामीलार्इ शंका थियो,' एसएसपी लामा भन्छन्,'पछिल्ला गतिविधिले यो शंकालार्इ सिद्ध गरेको छ। केरूङबाट सुन तस्करीको गर्ने गिरोहको सञ्जालमा को-को सहभागी छन् भन्ने विषयमा हामीले अनुसन्धान गर्दैछौं।'
प्रहरीको शंकालार्इ बलियो पार्ने पछिल्लो घटना हो सोमबारको सुन तस्करी। करिब पाँच बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंले एउटा सूचना पायो। सूचना थियो-टोखाबाट एउटा मोटरसाइकलमा सुन ल्याइँदैछ भन्ने। सूचनाकै आधारमा परिसरले डीएसपीको कमाण्डमा एउटा टोलीलार्इ टोखा क्षेत्रमा अलर्ट गर्यो।
उक्त टोलीले साढे पाँच बजेतिर बा ७३ प ३४०२ नम्बरको मोटरलाइकलमा सवार रसुवा गोसाइकुण्ड गाउँपालिका–१ का २४ वर्षीय नरबहादुर घले र सोही ठाउँका २० वर्षीय पेम्वा तामाङलार्इ तीन किलो सुनसहित पक्राउ गर्न सफल भयो। पक्राउ परेका दुबैलार्इ प्रारम्भिक सोधपुछपछि प्रहरीले निष्कर्ष निकाल्यो 'उनीहरू भरिया मात्र हुन्' भन्ने।
घले र तामाङको सहयोगमा प्रहरी परिसर काठमाडौंले मुख्य सुन तस्करलार्इ पक्राउ गर्न सोमबार नै एउटा अप्रेसन सुरू गर्योड। परिसर प्रमुख एसएसपी वसन्त लामाका अनुसार घले र तामाङले आफूहरू भरिया भएको दाबी गरेपछि उनीहरूलार्इ ढाल बनाएर प्रहरीको एम्बुस टोलीले राति ९ बजेसम्म मुख्य तस्करीलार्इ ढुक्यो तर, भोटे भनिने उक्त तस्कर सुन लिन आएनन्।
सुन तस्करीको उक्त सञ्जालले केरूङबाट एक किलो सुन भित्र्याएवापत घले र लामाङ जस्ता भरियालार्इ ५० हजार रूपैयाँ दिने गरेको एसएसपी लामाले बताए। पक्राउ परेका घले र तामाङले केरूङबाटै दुर्इपटक सुन भित्र्याएको समेत खुलेको छ। प्रहरीको अनुसन्धानले उनीहरूले सुन तस्करका लागि २ पटकमा तीन केजी सुन भित्र्याएको खुलेको हो। एसएसपी लामाका अनुसार प्रारम्भिक बयानका क्रममा घले र तामाङले आफूहरूले मात्र दुर्इपटक सुन भित्र्याएको स्वीकार गरेका छन्।
ठूलो छ सुन तस्करको सञ्जाल
केरूङबाट सुन भित्र्याउने तस्करको सञ्जाल सोचेभन्दा ठूलो रहेके प्रहरीले दाबी छ। एसएसपी लामाले केरूङबाट सुन तस्करी गर्ने तस्करको सञ्जाल ठूलो भएकाले यसबारे गहन अनुसन्धानपछि सबै कुरा खुल्न सक्ने बताए।
'विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहभन्दा कम छैन। केरूङबाट तस्करी गर्नेको सञ्जाल,' उनले भने,'यो गिरोहलार्इ पक्राउ गर्न हामी लागि परेका छौं। हामीले धेरै पहिले समिति बनाएर यो काममा अगाडि बढाइसकेका छौं।'
राजस्व अनुसन्धान विभागले समन्वयनकारी भूमिका निर्वाह नगर्दा तस्करलार्इ पक्राउ गर्न अप्ठ्यारो पर्ने गरेको प्रहरीको निष्कर्ष छ। एसएसपी लामाका अनुसार सुन भरिया पक्राउ परेपछि उनीहरूलार्इ प्रहरीले राजस्व अनुसन्धान विभागलाई बुझाउने र राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट कहिल्यै मुख्य तस्कर पक्राउ पर्दैनन्।