नेपाली कांग्रेस केन्द्रिय सदस्य सुुजाता कोइरालाले पार्टी नेतृत्व नसच्चिए काग्रेसको असतित्व समाप्त भएर जाने बताएकी छिन् ।
प्रेश युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले कांग्रेसलाई वचाउन पनि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए।
उनले मेरो भन्दापनि पार्टी हाम्रो हो भन्ने वनाउन काग्रेसको नेतृत्व अव नयाँ अनुहारले गर्न पाउनुपर्ने पर्नेमा जोड दिनु । उनले सहमती सहकार्य र एकताका साथ पार्टीको पार्टीको भविष्य वनाउने नेतृत्वका कांग्रेसमा आवश्यक रहेको बताइन् ।
कांग्रेस नेतृ कोइरालालले पार्टीलाई बलियो बनाउन शीर्ष नेताहरुले पद्धको लोलुपता त्यागन सक्नुुपर्ने बताइन् । उनले कोइरालाल परिवारका हामि तिनजना एक ठाउमा उभिएकाछौ र भोली आवश्यक प¥यो भने पार्टीको नेतृत्व लिनपनि तयार छौ र सवैलाई मिलाएर लैजान सक्ने नेतृत्व आए आफुहरुको नेतृत्वको दावी छाड्नपनि तयार छौ भने ।
उनले नेतृत्व मोहभन्दापनि हामीलाइ काग्रेसको माया रहेकाले जो आएपनि काग्रेस बचोस भन्ने हाम्रो चाहाना हो र यस्तो चाहना सवैमा हुुनुुपर्ने बताइन् ।पूर्व परराष्ट्रमंत्री समेत रहेकी कोइरालाले अमेरिकन सरकारले प्रदानगर्ने एमसिसी परियोजना नेपालको उन्नती र विकासका लागी आवश्यक रहेको बताइन् । एमसिसी परियोजनावाट नेपाल सरकारलाई ठुुलो रकम आउने भएकाले दलहरुको सहमतीमा यो परियोजना संसदवाट पास हुनुपर्नेमा उनले जोड दिइन् । आफूले अध्यन गरे अनुसार एमसिसिको केही केही वुुदामा त्रुुटिछन त्यसलाई परिमार्जन गर्नुु आवश्यक रहेको उनकाे भनाई थियो ।
उनले कांग्रेस प्रतिपक्षमा भएपनि सरकारले गरेको राम्रो काममको आफूहरुले समर्थन गर्दे आएको बताउदै दुई तिहाईको सरकारलेपनि जनचाहना अनुसार काम गर्नपर्ने बताइन् ।