नेपाली कांग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले अतिक्रमण गरेको नेपाली भूभाग अबिलम्व फिर्ता हुुनुुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुुरागर्दै उनले भारतले अतिक्रमण गरेको कालापानी लिपुुलेकको भूभाग नेपालको भएकाले भारत सरकारले तत्काल नक्सा सच्याउनुुपर्ने बताए ।
नेपालको एक इन्च भूभागपनि अतिक्रमण गर्ने कुुरा नेपाली जनतालाई सह्य नहुुने बताउँदै उनले आफनाे भूमि कसैले अतिक्रमण गर्न खोज्दा जनताले त्यसको विरोध गर्ने कुरा स्वाभिक भएको बताए ।
नेपाली सीमा भूभाग संरक्षण गर्ने र अतिक्रमण भएको भूभाग फिर्ता गराउने विषयमा नेपालका सबै राजनीतिकदलको एेक्यवद्धता रहेकाले यस विषयमा सरकारले कूटनीतिक तवरले भारत सरकारसंग ठोस छलफल गर्नुु जरुरी रहेको उनको भनाई थियो ।
एक प्रश्नमा उनले कांग्रेसले सहमतिको राजनीतिक चाहेपनि सरकारको कदमभने समझदारी विपरित भएको बताए । उनले समवृद्ध नेपाल र सुुखी नेपालीको अवधारणलाई पूूरा गर्न पनि सहमतिको राजनीति आवश्यक रहेको बताए।
सातवाटा प्रदेश प्रमुुख वनाउँदा तत्कालिन कांग्रेसको सरकारले नेकपासंग छलफल गरेको भन्दै तर अहिले आएर नेकापाको सरकारले प्रदेश प्रमुुखलाई हटाएर अनावश्यक रुपमा असमझदारी वढाएको उनको भनाई थियो । मुुलुुकलाई अहिले एकता आवश्यक भएकाले असमझादारी भन्दापनि सहमति कायम गरेर हिड्दा सरकारलाई फाइदा पुुग्ने उनको भनाई थियो ।
उनले मंसिरको पहिलो हप्तामा फोरम लोकतान्त्रीक र कांग्रेसबीचको समायोजन प्रक्रिया टुुंगिने बताए । उनले सबै विषयमा सहमति भइसकेकाले समायोज प्रक्रिया चाँडै टुुंगिने बताए ।