नेपाली कांग्रेसका प्रमुुख सचेतक बालकृष्ण खाँडले पार्टीलाई संगठित बनाउन आन्तरिक व्यवस्थापनमा सुुधार आवश्यक रहेको बताएका छन्।
विराटनगरमा आज आयोजित नेशनल काे-अपरेटर्स एलाइन्सका जिल्ला कार्य समितिको प्रथम साधारणसभाको उद्घाट्न गर्दै उनले आन्तरिक व्यवस्थापनमा सुुधार नभएसम्म पार्टी बलियो नहुुने बताए ।
पार्टी भित्रका मतभेदलाई बहिर छताछुुल्ल हुुनेगरी मन्चमा भाषण गर्ने प्रवृतिका कारण कांग्रेस कमजोड बन्दै गएको उनको भनाई थियो । पार्टी भित्रको आन्तरिक विषयलाई भाषण गरेर आफैले आफैलाई औलो ठडयाउने भन्दापनि पार्टीलाई संगठित र क्रियाशिल बनाउने तर्फ शिर्ष नेताहरुलाई लाग्न उनले आग्रह समेत गरे।
नेतृत्वतहसंग चित्त वुुझेन भने त्यस्ता कुुरालाई बाहिर मन्चमा व्यक्त गर्नुु भन्दापनि आगामी महाधिवेशनबाट त्यसको समाधान खोज्नुु ठिक हुुने उनको भनाई थियो । उनले भने महाधिवेश आउदै छ चित्त बुझदैन भने त्यसबाट आफूले चाहे जस्तो नेतृत्व चुुनौं तर यसरी पार्टीलाई कमजोड बनाउने अभिव्यक्ति दिदै नहिडौं यसले पार्टीलाई फाइदा पुुर्याउदैन ।
उनले कांग्रेसको वैकल्पिक शक्ति कुुनैपार्टी नभएको भन्दै कांग्रेसले गरेको राम्रा कामको प्रचार प्रसार हुुनुुपर्नेमा जोड दिए । कांग्रेसले धेरै राम्रा काम गरेपनि त्यसकाे प्रचार प्रसार नभएको उनको भनाई थियो ।
उनले मुुलुुकलाई समवृद्धि कायमगर्न सहकारीको भूमिका महत्वपुुर्ण रहेकाले सरकारले सहकारीलाई नियन्त्रण गर्न खोज्दै छ त्यो कांग्रेसलाई स्वइकार्य छैन भने । उनले लोकतान्त्रिक मुल्य मान्यता अनुुसार नेपालको सहकारी अघि बढेको भन्दै सहकारीको माध्यमवाट पार्टीलाई संगठित बनाउन आग्रह समेत गरे ।