प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले नेपालको संविधानले सबै जाती समुुदायलाई अधिकार सम्पन्न वनाएको बताएका छन् ।
संविधान दिवस मनाउने सन्दर्भमा प्रदेश सरकारले विराटनगरमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले संविधान दिवशको एतिहासिक महत्व रहेकाले यो दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुु पर्नेमा जोड दिए । संविधानले हिमाल, पहाड तराईलाई जोड्ने काम गरेकाले अब त्यहिवाट समवृद्धि हासिल गर्न प्रदेश सरकार लागेको उनले वताए ।
संविधान दिवस मूल समारोह समिति प्रदेश न १ का अध्यक्ष समेत रहेका मुुख्यमन्त्री राईले विगतमा जे जसरी संविधान दिवस मनाएपनि यसवर्षदेखि यो दिवस भव्य र ऐतिहासिक रुपमा मनाइने बताए । उनले संविधान बनेको दिनलाई औपचारिक्तामा मात्र सिमित नराखी भव्य रुपले मनाउन प्रदेशवासीलाई आग्रह समेत गरे ।
प्रदेश सरकारले संविधान दिवस–२०७६ तीनदिन सम्म भव्य रुपले मनाउनेगरी तयारी शुुरु गरेको छ । मुुख्यमन्त्री एंव दिवस मूल समारोह समितिका संयोजक शेरधन राईको अध्यक्षतमा विराटनगर स्थित आन्तरिक मामिला तथा कानुुन मंत्रालयमा वसेको वैठकले सो निर्णय गरेको हो ।
संविधान दिवशको दिन अर्थात असोज–३ गते प्रदेश न –१ का १४ वटै जिल्लाका सदरमुुकामका महत्वपुुर्ण स्थानमा ठुुलो आकारको २४ फिटभन्दा अग्ले राष्ट्रिय झण्डा स्थायी प्रबन्ध गरी फरफराउने कार्यको शुुभारम्भ गर्ने, सोहिदिन विहान–७ वजे विराटनगर स्थित आर्दशमावीवाट प्रभातफेरि निकालिने जनाइएको छ ।
दिवशको अवसर पारेर प्रदेश सरकारले राष्ट्रगानका रचनाकार व्याकुुल माईला, २४ पटकसम्म सगरमाथा आरोहणगर्ने कामिरिता सेर्पा तथा विश्व कृतिमानी धावक मिरा राईलाई सम्मानगर्ने कार्यक्रम रहेको छ । दिवशको अवसरमा वृक्षारोपण, सरसफाई, रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।
कार्यक्रममा प्रदेश न १ का सभामुुख, मन्त्री, प्रदेश सभासद्, विराटनगर महानगरपालिका प्रमुख, प्रहरी प्रमुुख, प्रदेश न १ उधोग वाणिज्य महासंघका प्रतिनिधि, पत्रकार तथा तथा विभिन्न संघसस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।