नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएकाले त्यसो हुुन नहुुने बताएका छन् ।
कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले आज विराटनगरमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पनि पार्टीमा आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको दावी गरे ।उनले विगतमा डरले बोल्न नसक्नेहरु आफू सभापति भइसकेपछि पार्टीभित्र र बाहिर निस्फिक्रीका साथ बोल्न पाएको दावी समेत गरे।
देउवाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जसरी पार्टी छाडेर हिंड्नुपर्ने अवस्था आफ्नो कार्यकालमा त्यो अवस्था आउन नदिने प्रस्ट पारे ।
निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्नेहरु कांग्रेसभित्र रहेको बताउँदै सभापति देउवाले अन्तरघात गर्नेलाई कारबाही गर्दा पार्टी नै रित्तो हुने चर्चा गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य महेश आचार्यले नेपाली कांग्रेसलाई एकतवद्ध वनाउनुुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य अमृत अर्यालले सरकारले प्रेस, न्यायालय लगायत महत्वपूर्ण अंगलाई नियन्त्रणमा लिने काम गरिरहेको बताए।
कार्यक्रममा कांग्रेस नेता नरहरि आचार्यलाई परिषद्का तर्फबाट सम्मान गरिएको थियो । आचार्यलाई सभापति देउवा, परिषद्का अध्यक्ष अशोक कोइरालालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । परिषद्ले यसअघि रामहरि शर्मा, केवी गुरुङ, चक्रप्रसाद बाँस्तोलालाई सम्मान गरेको थियो ।