प्रदेश १ काे स्थायी राजधानी विराटनगरलाई घोषणा गरिएकाे छ ।
आज(सोमबार) बसेको प्रदेशसभा वैठकले राजधानीका लागि प्रस्तावित विराटनगरलाई राजधानी वनाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेपछि विराटनगरलाई स्थायी राजधानी घोषणा गरिको हो ।
विराटनगरलाई राजधानी वनाउने विषयमा मतदान हुँदा कुुल ९३ मतमध्ये ८६ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो । विराट वृह्द क्षेत्रको विराटनगर, इटहरी तथा सुुन्दर हरैचामा राजधानीका संरचना रहने प्रस्ताव दुुई तिहाईले पारित गरेको हो । प्रदेशको राजधानीका विषय टुुंगो लागेपनि प्रदेशको नामाकंनका विषय भने टुुंगो लाग्न सकेन ।
वैठकमा नेपाल कम्युुनिष्ट पार्टीका प्रमुुख सचेतक वुुद्धिकुुमार राजभण्डारीले सदनमा विराटनगरलाई स्थयी राजधानी वनाउन प्रस्ताव पेश गरेका थिए । मतदान प्रकियावाट प्रस्ताव पारित भएपछि सभामुुख प्रदिप भण्डारीले आजदेखि विराटनगर प्रदेश न १ को स्थायी राजधानी भएको घोषणा गरेका थिए । यस अघि विराटनगर र धनकुुटालाई राजधानी तोक्न चारवटा प्रस्ताव हिजो दर्ता भएको थियो ।
त्यसैगरी आज राती १२ वजे देखी प्रदेस न १ को प्रदेशसभाको चालुु हिउँदो अधिवेशन अन्त्य हुुने सभामुुख भण्डारीले घोषणा गरे ।