प्रदेश १ सरकारले विराटनगरवाट राजधानी सार्न खोजेको भन्दै विराटनगर महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरपालिकाको आज बसेको बोर्ड बैठकले नेपालको राजनीतिक इतिहास तथा औद्योगिक, धार्मिक तथा संस्कृतिक महत्व बोकेको पक्षलाई ध्यानमा राख्दै विराटनगरलाई स्थायी राजधानी बनाउनुुपर्नेमा जोड दिएको छ ।
विराटनगरलाई स्थायी राजधानी बनाउन महानगरले अन्तक्र्रिया, छलफल तथा दबाबमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । महानगर प्रमुख भीम पराजुुलीले स्थायी राजधानीका लागी विराटनगर महानगरपालिकाले जग्गा भवनलगायत सबै व्यवस्था मिलाइसकेको र त्यसका लागि ठूलो रकम खर्च भएको बताए । ‘यसर्थ पनि विराटनगरबाट राजधानी सार्न हुँुदैन,’ उनले भने ।
स्थायी राजधानी विराटनगर कायम गर्न महानगरपालिकाले प्रदेश सरकारलाई सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । महानगर उप–प्रमुख इन्दिरा कार्कीले विराटनगरलाई निःसर्त स्थायी राजधानी बनाउनुुपर्ने बताइन् । बैठकले गरेको निर्णय प्रमुुख प्रसाशकीय अधिकृत एकदेव अधिकारीले सुुनाएका थिए । बैठकमा महानगरपालिकाका २२ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरू सहभागी रहेको नगर प्रमुखका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।