उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीसहित अन्य चार पार्टीसँग हुने भनिएको एकता हल्ला मात्रै रहेको बताएका छन् ।
विराटगरमा आज संचारकर्मीसंग कुरा गर्दै यादवले नयाँ शक्ति पार्टीसँग एकता प्रक्रिया बढेको भएपनि अन्यसँगको एकता सञ्चारमाध्यमको हल्ला मात्रै रहेको बताए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले प्रारम्भिक छलफलसमेत नभएको राजपासँग तत्काल एकताको सम्भावना नरहेको उल्लेख गरे । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले नयाँ शक्तिसँग एकता गर्ने विषयमा छलफल भईरहेको तर निष्कर्षमा पुगिनसकेको उल्लेख गरे । ‘नयाँ शक्तिसंगको एकताको विषय भने सकारात्मक रुपमा अघि बढेको छ,’ उनले भने ।
भट्टराईसँगको कुराकानी सकारात्मक रुपमा अघि बढिरहेकाले उक्त पार्टीसंग एकता हुनसक्ने उनको भनाइ छ । अर्को एक प्रसंगमा मन्त्री यादवले प्रदेश २ को सरकारको समिकरण तत्काल फेरबदल नहुने बताए । ‘चारवर्षपछि प्रदेश २ को सरकार आफैं फेरिएला तर अहिले फेरिनेवाला छैन,’ उनले भने, ‘समिकरणको विषयमा समेत अहिले कुनै छलफल भएको छैन ।