राजनीतिक शिखर पुुरुषको नाममा राखिएको मार्गको निमार्ण काम वजेटको अभावमा रोकियो ।
रतुुवामाई नगरपालिका र सुुनवर्सी नगरपालिकामा पर्ने जिपि कोइरालामार्ग र मदन भण्डारी मार्ग अलपत्र अवस्थामा पुुगेको भन्दै सडक निमार्ण चाडै शुुरुगर्न भन्दै आज मुुख्यमन्त्री शेरधनराईलाई ज्ञापनपत्र वुुझाइएको छ ।
जिपि कोइराला मार्ग एकवर्ष अघि शिलान्यास भएपनि काम हुुन नसकेको र मदनभण्डारी मार्गको केही काम भएपनि अहिले वजेटको अभावमा अलपत्र अवस्थामा छ ।रतुुवामाई नगरपालिकाको मेयर रविन राई, सुुनवर्सी नगरपालिकाका मेयर कालिप्रसाद दासले तथा प्रदेशसभा सदस्य शिव नारायण सिंह लगायत स्थानियको टोलीले मुुख्यमंत्री राईलाइ संयुुक्त रुपमा आफनो समस्या राख्नुु भएको थियो । मुुख्यमंत्री राईलाई रतुुवामाई नगरपालिकाका प्रमुुख रविन राईले ज्ञापनपत्र वुझाउनुु भएको थियो ।
मदन भण्डारी मार्ग वनाउन शुुरु गरेपनि सडक र संरचनाहरु भत्काउदा स्थानियलाई आवत जावतमा समस्या परेको र जिपि कोइराला मार्ग तत्काल शुुरुगर्न भन्दै रतुुवामाई नगरपालिकाका मेयर राविन राईले मुुख्यमंत्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र वुुझदै मुुख्यमन्त्री राईले विकास निमार्णको काममा प्रदेश सरकारले राजनितिक भेदभाव नगर्ने वताए । उनले समानुुपातिक र शन्तुुलित ढंगवाट प्रदेशमा रहेको १९ वटा मुुख्य सडकलाई प्रदेश सरकारले स्तरउन्नती गर्न लागेको वताए । उनले दुुवै सडकका निमार्णका कामलाई तिव्रता दिन आफूले पहल गर्ने वताए ।
रतुुवामाई नगरपालिकाका मेयर राईले हुुलाकी मार्गदेखी पुुर्व पश्चिम राष्ट्रिय राजमार्गसंग जोडिने दुुवै सडकको काम निमार्णका लागी प्रदेश सरकारले पहलगर्नुु पर्नेमा जोड दिए ।
उनले नेपालको राजनितिका शिखर पुुरुषको नाम जोडएका दुुवै सडकका निमार्णका लागी नगरपालिका प्रदेश सरकारसंग सहकार्य गर्न तयार रहेको बताए ।
सुुनवर्सि नगरपालिकाका मेयर कालिप्रसाद दासले उत्तर दक्षिण जोडने महत्वपुुर्ण सडकको रुपमा रहेको उक्त दुुवै सडकको काम बजेटकाे अभावमा राेकिएकाे बताए । लारिकटादेखी गोविन्दपुर, इटहरा धादराहुुदै उर्लावारीको राष्ट्रिय राजमार्ग जोडने सडकलाई जिपि कोइराला मार्ग तथा घरुचौक, भद्रचौक तथा सिजुवाहुुदै उर्लावारी जोडने सडकलाई मदनमार्ग नामकरण गरिएको छ ।