लक्ष्मीपूजाका दिन पूजा गरिएको लक्ष्मीमाताको मूर्ति विसर्जन गर्न लैजाने क्रममा कपिलवस्तुको कृष्णनगरमा दुई समूहबीच झडप भएको छ । झपडले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले ५० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा प्रहरीको गोली प्रहारबाट २० वर्षीय स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ भने १० जना घाइते भएको समाचार छ । अहिले मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर १ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो ।