बलिउड अभिनेत्री कृति सेनन पछिल्लो समय चर्चाको शिखरमा छिन् । उसो त तेलगु हुँदै बलिउडमा इन्ट्री मारेकी कृतिले अभिनय गरेको पछिल्लो फिल्म ‘लुकाछिपी’ ले त झनै चर्चा बटुल्यो ।
सामाजिक सञ्जालमा निकै व्यस्त रहने कृतिले बेला-बेला आफ्ना तस्बिरहरु सेयर गरिरहेकी हुन्छन् । उनको तस्बिरमा फ्यानहरुले पनि गज्जब-गज्जबका कमेन्टका वर्षा गराइरहेकै हुन्छन् ।
अझ आयुष्मान खुराना र राजकुमार रावसँग ‘बरेलीकी बर्फी’ मा सँगै काम गरेकी कृति यसबाट पनि निकै तरिफ बटुलिन् । यसरी चर्चामा छाइरहने कृतिले हालै इन्स्टाग्राममार्फत सार्वजनिक गरेका तस्बिरले निकै चर्चा कमाएको छ । उनले सार्वजनिक गरेको तस्बिरमा उनले सारी लगाएकी छन् । निकै आकर्षक र खुलेकी कृतिको सारी मोह यो तस्बिरले राम्रैसँग झल्काएको छ ।
सुन्दरतासँगै अभिनयले पनि लाखौं फ्यान कमाएकी कृतिले सारीमा सजिएका केही तस्बिर सेयर पनि गरेकी छिन् । हेरौँ सारीमा सजिएकी नारी कृतिका केही हट तस्बिर :
