वैंक तथा वित्तीय संस्थाले व्याजदरमा गरेको वृद्धिका कारण आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरुले व्याजदर नघटाए सम्पुुर्ण उधोग कलकारखाना बन्द गरेर साँचो सरकारलाई वुुझाउने जनाएका छन्।
उधोग संगठन र मोरङ व्यापार संघले विराटनगरमा आज आयोजना गरेको वढदो व्याजदरबाट सृजित अवस्था र आगामी दिनमा गरिने आन्दोलन सम्बन्धि छलफल कार्यक्रममा राष्ट्रवैंकले वढाएको व्याज नघटाए उधोग र उधोगका सवैै सवारी साधनको साँचो सरकारलाई वुुझाउने जनाएका हुुन ।
उद्योगी व्यवसायीहरुले मुुलुुकको समग्र विकासमा योगदान पुुर्याएर सरकारलाई सहयोग गर्दै आए पनि राष्ट्रवैंकले वढाएको चर्को व्याज थेग्न नसक्ने बताएका छन । सरकारले आगामी दिनमा पाँच लाख युुवाहरुलाई रोजगारी सृजना गर्ने संमृद्ध नेपाल र शुुखी नेपाली कार्यक्रम स्वागत योग्य भएपनि उधोग चल्न नसक्ने अवस्था आउदा यस्ता कार्यक्रमहरुमा समेत असरपर्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुुपर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा वोल्दै उधोग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले वैंकले वढाएको व्याजदरका कारण सवैक्षेत्रमा असरपर्ने भएकाले आफुुहरुले उठाएको मुुद्धा सवैको साझा मुुद्धा भएको दावी गरे । उनले यो मुुद्धालाई सफल वनाउन सवैसंग आग्रह समेत गरे ।
मोरङ व्यापारसंघका अध्यक्ष पवन सारडाले मोरङ र सुुनसरी औधोगिक क्षेत्रका उधोगहरु ६० प्रतिशत घाटामा संचालन भइरहेको अवस्थामा वैंकले वढाएको चर्को व्याजदरले उधोगहरुलाई झन धारासायी वनाएको वताए । उनले गलत नीतिका कारण हिजो खुुलेका वैंक वितिय संस्थाहरु धनी हुुने र सवै जायजेथा लगाएर ऋण लिएर खुुलेका उधोगहरु धारासायी हुुदै गएको अवस्थामा वैंकको चर्को व्याज नियन्त्रण गर्नुु आवश्यक रहेको बताए ।
उधोगपती मोती दुुगडले वैंकहरुले उद्योगी व्यवसायीप्रति सहयोगीको भुुमिका निर्वाहगर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा उधोग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुुयेस प्याकुुरेल, उधोग संगठनका पुुर्व अध्यक्ष शिवशंखर अग्रवाल तथा राष्ट्रिय वाणिज्यसंघका अध्यक्ष धुुर्व दाहाले राष्ट्रवैंकले वढाएको व्याजदर घटाउनुुपर्नेमा जोड दिए ।
राष्ट्रवैंकले उत्तपादन मुुलुुक उधोगलाई प्रभा गर्ने ऋणमा प्रकृतिहेरी अधिकतम ७ प्रतिशत र व्यावसायिक क्षेत्रमा ९ प्रतिशतमा नवढाई व्याजदर कायम गर्नुुपर्ने र वैंकले प्रभागर्ने कर्जामा कम्तिमा ५० प्रतिशत उत्तपादन मुुलक उधोगमा सरल तरिकाले लगानि गर्नुुपर्ने व्यवस्था गर्नुुपर्ने भन्दै उधोग संगठन र मोरङ व्यापारसंघ सयुुक्त रुपमा माघ १३ गते देखी २३ गतेसम्म चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । माग पुरा नभए आफ्ना उद्योगमा ताला बगाउने र नेपाल राष्ट्र बैंक विराटनगरको मुल गेटमा धर्ना तथा तालावन्दिगर्ने आन्दोलनका कार्यक्रमहरु उद्योगीहरुले घोषणा गरेका छन