अपरिचित व्यक्तिको कुटाईवाट गएराती बैतडीमा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाईते भएका छन्।
मृत्यु हुनेमा सिगास गाउँपालिका ९ श्रीभावरका ६० बर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए।
राती १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ बर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेको हो।
कुटपिटवाट लक्ष्मी घाईते भएकी छन्। अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल बैतडी र बझांगको सीमा नजिक पर्दछ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ।