बैतडीमा ढुंगा लागेर एक सैनिक जवानको मृत्यु भएको छ ।
बिदामा घर आएका दोगडाकेदार गाउँपालिका ४ कपिण्न्ना जसमलाका ३० बर्षीय नारायणदत्त भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। गाउँ नजिकै रहेको पानीको मूहानमा पाइप जोडीरहेका बेला माथि भीरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको उनले बताए ।
दिउसो पौने १ बजेतिर पाइप जोडिरहेका बेला मूहानको माथिबाट खसेको ढुंगालेको भट्टको टाउकोमा लागेर घटनास्थलमै ज्यान गएको बताइएको छ । भट्ट नेपाली सेनाका चार नम्बर वाहिनी नेपालगञ्जमा कार्यरत रहेका थिए। भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।