बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्डमा लिफ्ट प्रणालीबाट खानेपानी पु¥याइएको छ।
गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी खुसी भएका छन्। करीब ३७५ मिटर तलको मूहानदेखि गाउँमा पानी तानिएको श्रीखण्ड खानेपानी निर्माण योजना समितिका सचिव खेमराज भट्टले जानकारी दिए।दशरथचन्द नगरपालिकाको रु. १० लाखको लागतमा निर्माण शुरु गरिएको योजनामा अहिलेसम्म रु. ७ लाख ३९ हजार खर्च भएको उनको भनाई छ।
मूहानबाट तानिएको पानी १५ हजार लिटरको ट्याङ्कीसम्म पु¥याएको छ। ‘एक घर एक धारा’ को नीति अनुसार सो योजनालाई क्रमागत योजनाभित्र राखिएको वडा अध्यक्ष भुवनराज भट्टले बताए। उनका अनुसार चालु आर्थिक बर्षभित्र श्रीखण्डका १२० घरधुरीमा खानेपानीका धारा पु¥याइने छ।
खानेपानी योजना निर्माण भएपछि केदार आधारभूत विद्यालयलाई समेत सजिलो भएको छ। यो विद्यालयमा पानीको अभावले शौचालय प्रयोगमा आउन सकेका थिएन। पानी सुबिधासंगै विद्यालयको सरसफाईमा पनि सजिलो हुने भएको छ।