महोत्तरीको बर्दिबास नगरपालिकामा डकैती गरी गरी फरार भएका डाँका पक्राउ परेका छन् ।
गत अषाढ १९ गते वडा नम्बर ६ का चन्देश्वर महतो र ७ का रामसुनर महतोको घरबाट करिब १५ लाखको धनमाल लुटेर फरार भएका सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ६० वर्षीय ईन्दल पासवानलाई प्रहरीले पक्राउ गरेको हो । लुटेर भाग्ने क्रममा पक्राउ परेका सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका ४० वर्षीय देवनारायण कापरको वयानको आधारमा इन्दललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय वर्दिवासबाट खटीएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा वर्दीवास बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । पक्राउ परेका इन्दललाई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक बुढाथोकीले बताए ।
करिब ९/१० जनाको समूहमा रहेका डाँकाहरु एक किलोमिटरको दुरीमा रहेको महतोद्धयको घरमा एकसाथ लुटपाट सुरु गरेका थिए । लुटपाटमा अवरोध पुर्याएपछि डाँकाको समूहले महतोद्धय परिवारका ५ जनालाई निर्घात कुटपिट समेत समेत गरेका थिए । डकैती गरेर भाग्दै गरेका देबनरायणको साथबाट एक थान पेस्तोल समेत बरामद भएको थियो ।