बिरामीको मृत्यु भएपछि जनकपुरको राम जानकी अस्पताल तनावग्रस्त बनेको छ । समान्य विरामी भएर पेट दुख्न थालेपछि उपचार गराउन आएका धनुषाको बटेश्वर गाउँपालिका–३ का ४५ वर्षीय बिन्देश्वर ठाकुरको मृत्यु भएपछि अस्पताल अवस्थ तनाबग्रस्त बनेको हो । आइतवार बिहान करिब ८ बजेट अस्पताल भर्ना भएका ठाकुरको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको परिवारजनको आरोप छ ।
‘विरामीको अवस्था समान्य थियो । हिलडुल पनि गरिरहेका थिए तर डाक्टरले लगातार १० वटा सुई लगाएको दुइ मिनेटमै मृत्यु भयो,’ ठाकुरका भतिजले भने । समान्य अवस्थामा रहेको उनको चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै घटनाको छानविन हुनुपर्ने परिवारजनको माग छ । घटनाको छानविन गरी मृतक परिवारलाई क्षतिपुर्ती नदिउन्जेल लास नउठाउने परिवारजनको अडान छ ।
बिरामीको मृत्यु भएपछि उनको आफ्न्त आक्रोशित बनेका छन् । उनीहरु अस्पताल र चिकित्सकविरुद्ध नारावाजीमा उत्रेका छन् । ‘अवस्था बिग्रेपछि चिकित्सकले किन अन्यत्र रिफर गरेन ? अहिले बिरामीको मृत्यु भएपछि चिकित्सक नै फरार छन्,’ ठाकुरका ज्वाइँ महेश शर्मा भने ।
अस्पताल प्रशासन प्रमुख विकास चन्द्र गुप्ताले भर्ना भएका बेला बिरामी ठाकुरको अवस्था सामान्य रहे पनि दिउँसो अचानक बिग्रेर मृत्यु भएको बताए । अवस्था बिग्रेको एकछिनमै मृत्यु भएपछि रेफर गर्न नसकिएको उनको भनाइ छ । अस्पतालमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ ।