सिरहामा ८ महिनाकी एक दुधे बालिका बलात्कृत भएकी छन्।
लहान नगरपालिका–२४ मा ८ महिने बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। मंगलवार विहान करिब ९ बजे परिवारका सबै व्यक्ति खेतमा काम गर्न गएको मौका छोपी शिशुुमाथि बलात्कार भएको हो। बलात्कारको आरोपमा स्थानीय १४ वर्षीय विकास रायलाई प्रहरीले पक्राउ गरेको लहानका प्रहरी नायव उपरीक्षक अपील बोहोराले जानकारी दिए।
बलात्कृत शिशुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शिशुलाई अत्याधिक रक्तश्राव भई लहानमा उपचार सम्भव नभएपछि सरगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको छ। बलात्कारका अभियुक्त रायलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक बोहोराले बताए।