महोत्तरीमा ३६ हजार घुस सहित एकजना वडा सदस्य पक्राउ परेका छन्।
शुक्रवार विहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकडारा गाउँपालिका ४ बस्ने राजपाबाट निर्वाचित वडासदस्य रामचन्द्र राय यादवलाई घुस सहित रंगेहात पक्राउ गरेको हो।
वडामा निर्माणाधीन भौतिक संरचनामा अवरोध गर्दै आएको र निर्माण कार्य सुचारु गर्न ठेकेदारसँग घुस मागेको सुचना पाएपछि अख्तियारको बर्दिवास कार्यालयलेउनलाई पक्राउ गरेको हो। यादवलाई आवश्यक कारवाहीको अख्तियार कार्यालय बर्दिवास लगिएको छ।