मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ४ की महिला वडा सदस्य गम्भीर घाइते भएकी छन्।
आइतबार साँझ आफ्नै घरमा बसिरहेको बेला परेको चट्याङ लागेर राक्सिराङ ४ जैसिन्ताल निबासी ३७ बर्षीया महिला वडा सदस्य सुनामाया ब्लोन गम्भीर घाइते भएको वडाध्यक्ष सञ्जय कोइरालाले बताए।
उनको हात खुट्टा नचल्ने अबस्था छ। गम्भीर घाइते ब्लोनको भरतपुरस्थित पुरानो मेडिकलको आइसीयु कक्षमा राखेर उपचार भइरहेको वडाध्यक्ष कोइरालाले जानकारी दिए। चट्याङबाट अन्य भौतिक क्षति भने भएको छैन।