प्रदेश १ को स्थायी राजधानी र नामाङ्कनको विषयमा बसेको नेकपाको बैठकले बृहत विराट क्षेत्रको विराटनगरलाई राजधानी तोक्ने निर्णय गरेको छ ।
आज सम्पन्न बैठकले वृह्द विराटनगरक्षेत्र अन्र्तगत राजधानी विराटनगर कायम गर्दै संरचना भने इटहरी र गोठगाउमा निर्माण गर्ने निर्णय गरेको हो । प्रदेशको राजधानीको नामाकंनको विषयमा बैठकले निर्णयगर्न सकेन ।
प्रदेश १ को राजधानी सबैको भावनालाई समेटने गरी तोकेको मुख्यमन्त्री शेरधन राईले बताए । ‘सबैले स्विकार्ने खालको एउटा विन्दुमा पुग्ने प्रयास गरेका छौ’ यसको मतलव राजधानीका संरचना छरेर लैजाने भनेको होइन उनको भनाई थियो ।’ बृहत सोचको साथमा योजना बद्ध विकासको लागि बृहत विराटक्षेत्र अवधारणा ल्याएको मुख्यमंत्री राईको भनाई छ । उनले बृहत विराट क्षेत्र भित्रनै आधुनीक ‘सिटि’को निर्माण गरेर त्यसमै राजधानीको सबै संरचना निर्माण गरिने बताए । उनले नेकपाको संसदिय दलबाट अनुमोद गराएर संसदमा दर्ता गराए पछि मात्र निर्णय सर्वजनिक गर्ने बताए ।
बैठक पछि संचारकर्मी सँग मुख्यमन्त्री राइले प्रदेशको नाम भन्दा राजधानी तौक्नु जरुरी रहेको बताए । ‘ राजधानी संरचनाहरु निर्माण गर्नु पर्ने भएकोले यसलाई जसरी पनि टुङ्याउनु पर्ने छ ’ उहाले भन्नुभयो ‘ नाम विस्तारै राख्दा पनि हुने भएकोले यसलाई छलफलको लागि थप समय आवश्यक रहेको महसुस हमीले गर्यौ ।’
वैठकले नेकपा प्रदेश १ का इन्चार्ज भिम आचार्यले प्रदेशको राजधानी विराटनगर राख्ने निर्णय भएको बताएो । ‘राजधानी बृहत विराट क्षेत्रको विराटनगर राख्ने निर्णय भएको र ‘राधानीको संरचना भने इटहरी, विराटनगर र गोठगाउ निर्माण हुन्छ उनको भनाई थियो ।’
बैठक पछि संचारकर्मी संग उनले स्थान अलग–अलग भएपनि कार्यपालीकाको सबै संरचना एक ठाउमा र व्यवस्थापिका पनि एक ठाउँमा हुने बताए । उनले राजधानीका लागि नयाँ सहर निर्माण गरिने भन्दै विराटनगरको उत्तरी क्षेत्र इटहरी र गोठगाँउ नजिक पर्ने गरि नयाँ सहर निर्माण हुने बताए । उनले प्रदेश १ को नाम अर्को अधिवेसनमा तोक्ने सहमति भएको बताए ।
प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा सहमति नजिक पुगे पनि नामको लागी छलफल भइरहेको बताए । अन्य दलहरु सँग सहमति पछिमात्र अन्तिम निष्कर्षमा पुग्ने उनको भनाई थियो ।
प्रदेश १ को नेकपा संसदीय दलको बैठक २२ गते बस्ने गरी स्थगित भएको छ । नेकपाको बैठकले राजधानिको विषय ढीलो गरी टुङ्याए पछि बैठक स्थगित भएको हो । पार्टीको निर्णय आइतबार बस्ने संसदीय दलको बैठकमा प्रवेस पाउने छ । संसदिय दलको बैठकबाट अनुमोद भएपछि प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव दर्ता हुने छ ।