प्रदेश २ को प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत भएको छ । शुक्रवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयकमाथि छलफलको क्रममा नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले करोडौको गाडी किन्नेसँग बढी कर अशुल गर्नुपर्ने बताए । महिलालाई विशेष सुविधाकालागि १ सय ५० सीसीको स्कुटीमा कर नलाग्ने व्यवस्था गरिएकोप्रति उनले सरकारको प्रशंसा गरे ।
चौधरीले विद्यालयको गाडीको रंग पनि तोकिनु पर्ने विषय संशोधन गर्न माग गरे । विधेयकमा प्रयोग भएको दहत्तर (बहत्तर शब्द) को अर्थ मन्त्रीले प्रष्ट गर्नुपर्ने बताए । राजपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले सर्लाही गोलीकाण्डबारे जानकारी गराउँदै स्थानीय सकारले नदी उत्खननमा गरेको लापरबाही बारे सरकारलाई ध्यानाकर्षण गराए ।