प्रदेश २ को प्रदेशसभा बैठकमा महिला सांसदहरुले सरकारले नीति तथा कार्यक्रममा महिलाहरुकालागि ठोस योजना नल्याएको भन्दै सरकारको आलोचना गरेकी छन् ।
मंगलवार प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे भएको छलफलको क्रममा बोल्दै नेकपा सांसद अनिता कुमारी यादवले नीति तथा कार्यक्रममा महिलाप्रति प्रदेश सरकार उदासीन रहेको बताइन् । सरकारले प्रदेश २ मा व्यापत रहेको दाइजोप्रथा उन्मुलनकालािग कुनै ठोस योजना नल्याएको भन्दै यो प्रथा अन्तकालागि ठोस कानुन बनाउन आग्रह गरिन् ।
‘प्रदेशमा ६ महिनाको अवधिमा ५ जना महिलाई दाइजो नदिएका कारण जिउँदै जलाइएको छ, यसकालागि कडा कानुन ल्याइयोस,’ उनले भनिन् । उनले बृद्ध बृद्धा तथा एकल महिलाकालागि समेत सरकारले ठोस कानुन बनाउनुपर्ने बताइन् । नकेपाकी अर्की सांसद सिता गुरुङले नीति तथा कार्यक्रममा महिलाहरुलाई पुनःस्थापना केन्द्र बनाउन माग गरिन् । बलात्कृत तथा घरबाट पीडित महिलाकालागि पुनःस्थापना केन्द्र खोल्नुनपर्ने उनको भनाइ थियो । राजपा सांसद बाबुलाल साहले नीति तथा कार्यक्रममा सबेलाई समेटने प्रयास गरिएको दावी गरे ।
नेपाली काँग्रेस सांसद शिवचन्द्र चौधरीले नीति तथा कार्यक्रम प्रतिबद्धता अनुसर पनि धेरै कुरा पन्छियाइएको बताए । राजर्षि जनक विश्वविद्यालयलाई नीति तथा कार्यक्रममा समेवेस नगरिएकोप्रति उनले आपत्ति जनाएका थिए । सांसद चौधरीले रोजगारीको अवसर सिर्जना गर्ने भनिए पनि कसरी दिने किटान गरेर नदिएकाले यो गफ दिएजस्तै लागेको टिप्पणी गरे ।
समाजवादी पार्टीका सांसद रामअशिष यादवले प्रदेशलाई समृद्ध बनाउन कृषिलाई पर्यटनसँग जोड्नुपर्ने धारणा राखे । कृषिलाई पर्यटनसँग जोडिए वातावरण संरक्षणका साथै प्रदेशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए । सांसद यादवले प्रतिपक्ष बिना प्रदेश सञ्चालनको विकल्प नै नरहेको जिकिर गर्दै समृद्ध प्रदेश बनाउन सबैले हातेमाले गरि अघि बढ्नुपर्ने उल्लेख गरे ।
राजपा सांसद सुरिता साहले संघीय सरकारले राजस्व बाँडफाडमा विभेद गरेको भन्दै जनसंख्याका आधारमा राजस्व बाँडफाड हुनुपर्ने बताइन् । संघीय सरकारले संघीय सिद्धान्त विपरित राजस्व बाँडफाड गरेको भन्दै यसलाई सच्याउन उनले माग गरिन् । राजपा सांसद बाबुलाल साहले नीति तथा कार्यक्रममा सबै पक्षलाई समेट्ने प्रयास गरिएको दावी गरे । उनले संघीयता सुदृढ बनाउन कुन मन्त्रालयमा कुन अधिकार संघीय सरकासँग नै छुटेको सवालमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन आग्रह गरे ।